विषाक्त मिथानोल प्रयोग भएका थप चार कम्पनीका स्यानिटाइजर बिक्रीवितरणमा रोक
Wednesday, September 16th, 2020, 3:39 pm
amit
काठमाण्डौ, ३१ भदौ । औषधि व्यवस्था विभागले थप चारवटा कम्पनीका ह्यान्ड स्यानिटाइजर बिक्रीवितरणमा रोक लगाएको छ।
विभागले चीनको ग्वाङझाउस्थित ओपाकेल नन वासिङ एन्टिबेक्टेरियल सलुसन, ललितपुरस्थित सम्पदा हेल्थकेयरको सासा ह्यान्ड स्यानिटाइजर, भारतको आरएल कोर्पको पामाकेयर ह्यान्ड स्यानिटाइजर र काठमाडौँको श्रीनाथ हर्बलको युनिकेयर ह्यान्ड स्यानिटाइजरलाई रोक लगाइएको हो।
विभागका अनुसार अनुगमनमा यी कम्पनीका स्यानिटाइजर गुणस्तरहीन पाइएको हो ।
यसैगरी विभागले सूचना जारी गर्दै स्यानिटाइजर उत्पादनको मापदण्डविपरीत विषाक्त रसायन (मिथानोल) समावेश भएको र न्यून गुणस्तरको पाइएकाले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विभागले प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
त्यस्तै केही दिनअघि मात्रै औषधि व्यवस्था विभागले विषाक्त मिथानोल प्रयोग गरेका हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ‘एड्भान्स ह्यान्ड स्यानिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टको ‘सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’ गरी ५ वटा कम्पनीले उत्पादन गरेको स्यानिटाइजरमा रोक लगाइएको थियो।