रुसमा बनेको कोभिड १९ विरुद्धको ‘स्पुतनिक–भी’ भ्याक्सिनको १० करोड डोज भारत ल्याउने तयारी
Thursday, September 17th, 2020, 5:20 pm
amit
एजेन्सी, १ असोज । भारतले रुसमा बनेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ ल्याउने तयारी थालिएको बिजनेस स्ट्यान्डर्डले जनाएको छ।
रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड आरडीआईएफ र भारतको डक्टर रेड्डीज ल्याबोरेटोरीबीच रुसी खोप भारतमा ल्याउने सहमति भएको बताइएको छ।
भारत सरकारले रुसबाट खोप ल्याउन स्वीकृति प्रदान गरेको अवस्थामा रुसबाट रेड्डीज ल्याबोरेटोरीजले १० करोड डोज स्मुतनिक–भी भ्याक्सिन भारत ल्याउन पाउनेछ भने भारतले अन्य पाँच ठूला औषधि निर्माता कम्पनीसँग पनि खोपको विषयमा कुराकानी गरिरहेको छ।
त्यस्तै ती कम्पनीले उत्पादन गरेका कोरोना भाइरसविरुद्धको खोप भारतका लागि मात्र नभएर विश्वभरका लागि भएको बताइएको छ।
रुसमा बनेको कोभिड १९ विरुद्धको खोप स्पुतनिक भीको प्रयोगका लागि रुस सरकारले अनुमति दिइसहेको भएतापनि यस खोपको अन्तिम परीक्षण भने हुन बाँकी नै छ।
अन्तिम परीक्षणमा ४५ हजार मानिसहरु सहभागी हुने आरडीआईएफले जनाएको छ। यो खोप रुससँगै, साउदी अरब, यूएई, ब्राजिल र भारतजस्ता देशका स्वयंसेवकमा परीक्षण हुनेछ।