१२ स्वर्ण सहित राष्ट्रिय पौडीमा बागमतीको अग्रता कायमैं
Thursday, November 26th, 2026, 6:30 pm
Kalpristha
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३
गणेश राई
नेपालगन्ज, १० मंसिर
दशौं राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपको तेस्रो दिन बिहिबार पाँच नयाँ राष्ट्रिय कीर्तिमान बन्दा अंक तालिकामा बागमति प्रदेशले अग्रता जारी राखेको छ ।
नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा भैरहेको प्रतियोगितामा बागमति प्रदेशले ९ स्वर्ण पदक, ७ रजत, ७ कास्य गरी कुल २६ पदक सहित अग्रता लिएको छ भने दोस्रो स्थानमा रहेको एनआरएन टिम ९ स्वर्ण, ३ रजत र ३ कास्य गरी कुल १५ पदक जित्दैं दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको नेपाल आर्मी क्लबले ६ स्वर्ण पदक, १० रजत, १३ कास्य गरी कुल २९ पदक जितेको छ भने चौथो स्थानमा रहेको नेपाल पुलिस क्लबले ४ स्वर्ण, ११ रजत, १२ कास्य गरी कुल २७ पदक जितेको छ । पाँचौ स्थानमा रहेको कोशी प्रदेशले २ स्वर्ण र छैठौ स्थानमा रहेको सुदुरपश्चिमले हाल सम्म १ स्वर्ण ३ रजत र १ कास्य पदक जितेको छ ।
बिहिबार नेपालगन्ज पौडी पोखरीमा भएको महिला १५०० मिटर फ्रिस्टायलको स्वर्ण पदक जित्ने क्रममा एनआरएन लिली बोहराले आफनो पुरानो कीर्तिमानलाई भंग गर्दै १८ मिनेट ०४।१५ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी छिन् । यसअघि उनले सन् २०२६ मा १८ मिनेट ०४।१५ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । यसैगरी बिहिबार लिलीले स्वर्ण जित्दा पुलिसकी देभान्सी जोशीले ९२१ मिनेट ०५।२६सेकेन्ड० रजत र आर्मीकी सिसोम्बुन राईले ९२१ मिनेट १४।७७ सेकेन्ड० कास्य हासिल गरिन् ।
पुरुष १०० मिटर बटरफ्लाईमा बागमतीका अभिभ प्रधानले स्वर्ण जित्ने क्रममा ५८।२२ सेकेन्डको नयाँ कीर्तिमान बनाएका छन् । यसअघि सन् २०२५ मा अनुभव सुब्बाको नाममा ५९।५४ सेकेन्डको कीर्तिमान रहेको थियो । त्यस्तै यस इभेन्ट्समा पुलिसका इर्भिन श्रेष्ठले रजत जित्दा पनि पुरानो कीर्तिमानलाई पछि पारेका थिए । इर्भिनले ५९।०४ सेकेन्डमा पुरा गरेका थिए । कास्य जित्ने आर्मीका सौर्य बहादुर सिंहले १ मिनेट ००।५३ सेकेन्ड समय लगाए ।
त्यस्तै २०० मिटर ब्रेस्ट स्ट्रोकमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । कोशी प्रदेशका विकास कुमालले आफनै पुरानो कीर्तिमानमा सुधार गर्दै २ मिनेट ३४।३६ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएर स्वर्ण जिते । सुदुरपश्चिमका अर्थभ सिंहले रजत जित्ने क्रममा २ मिनेट ४०।०५ सेकेन्ड र कास्य जित्ने पुलिसका जडेन श्रेष्ठले २ मिनेट ४४।९६ सेकेन्डमा पुरा गरेका थिए ।

…….
बिहिबार पुरुष ५० मिटर ब्याकस्ट्रोकको स्वर्ण पदक जित्ने क्रममा बागमतिका अभिभ प्रधानले २८।९५ सेकेन्डमा पार गर्दै आफनै नाममा रहेको पुरानो कीर्तिमानमा सुधार गरे । यसअघि उनको नाममा २८।९९ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । त्यस्तै आर्मीका जडेन श्रेष्ठले ९२९।९०सेकेन्ड० रजत र बागमतिकै रेअन्त बहादुर श्रेष्ठले कास्य९२९।९२सेकेन्ड० पदक जिते ।
प्रतियोगिताको तेस्रो दिन ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा नयाँ कीर्तिमान बनेको छ । बागमति प्रदेशका रेअन्त, आरिक कर्माचार्य, बशिष्ठ राज शाही र अभिभले ३ मिनेट ४५।७५ सेकेन्डको कीर्तिमान बनाउँदैं स्वर्ण जिते । त्यसअघि सन् २०२५ मा अभिभ, जडेन, रेअन्त र अल्भिन महर्जनको नाममा ३ मिनेट ४७।७३ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । बिहिबार यस इभेन्टमा पुलिस क्लबले ३ मिनेट ५१।७५ सेकेन्ड सहित रजत र ३ मिनेट ५५।९७ सेकेन्ड सहित आर्मीले कास्य पदक जितेको छ ।
प्रतियोगिता अन्तर्गत ४०० मिटर फ्रिस्टायलमा पुसिल क्लबका काल्किन श्रेष्ठले स्वर्ण९४ मिनेट २०।११ सेकेन्ड० पुलिसकै मयोन श्रेष्ठले रजत ९४ मिनेट ३०।८८ सेकेन्ड०, सुदुरपश्चिमका अर्थभले कास्य पदक ९४ मिनेट ३२।८१सेकेन्ड० जिते ।
२०० मिटर इन्डभिज्युअल मिडलेमा एनआरएन टिमकी लिलीले स्वर्ण९२ मिनेट ३३।६७सेकेन्ड०, आर्मीकी डुअना लामाले रजत९२ मिनेट ३३।८९सेकेन्ड० र एनआरएन मिखा काया थापाले कास्य ९२मिनेट ४६।९४सेकेन्ड० पदक जितिन् ।
महिला १०० मिटर बटरफ्लाईमा आर्मीकी डुअनाले स्वर्ण९१ मिनेट १०।४३सेकेन्ड०, एनआरएन लिलीले रजत९१ मिनेट १२।०३सेकेन्ड० र पुलिसकी देभान्सीले कास्य पदक९१मिनेट १६।२६सेकेन्ड० हासिल गरिन् ।
महिला २०० मिटर ब्रेस्ट स्ट्रोकमा आर्मीकी डुअनाले स्वर्ण९२मिनेट ४९।३४सेकेन्ड०,एनआरएन लिलीले रजत ९२ मिनेट ५८।६४सेकेन्ड० र आर्मीकी रितिका भुमीले कास्य पदक९३ मिनेट ०३।५२सेकेन्ड० जित्न सफल भईन् ।
महिला ५० मिटर ब्याकस्ट्रोकमा एनआरएन मिखाले स्वर्ण९३३।२७सेकेन्ड०, बागमतीकी आर्या महर्जनले रजत९३३।४३सेकेन्ड० र पुलिसकी देभान्सीले कास्य पदक९३४।११ सेकेन्ड० जितिन् ।
महिला ४ गुणा २०० मिटर फ्रिस्टायलमा रिलेमा आर्मीले स्वर्ण९९ मिनेट ५८।७३सेकेन्ड०, बागमतिले रजत९ १० मिनेट ०७।५२सेकेन्ड० र पुलिसले कास्य पदक९१० मिनेट ४१।८६सेकेन्ड० जितिन् ।
बिहिबारको अन्तिम इभेन्टस ४ गुणा ५० मिटर मिडले रिलेमा आर्मीले स्वर्ण९१ मिनेट ५६।०८सेकेन्ड०, बागमतिले रजत९१ मिनेट ५७।५३ सेकेन्ड० र पुलिसले कास्य पदक ९१ मिनेट ५८।६४सेकेन्ड० जितेको छ ।