गोल्ड मेडल जित्ने आशामा जापान जाँदै विश्वास
Saturday, January 14th, 2017, 11:29 am
amit
पोखरा- पोखराका विश्वास पोख्रेल यति बेला जापानमा हुने वल्ड च्याम्पियनसिपमा भाग लिनका लागि प्रशिक्षणरत छन् ।
सानै देखि फुलकन्ट्याक कराँतेमा सहभागी हुँदै आएका विश्वास जापानको ओकिनावामा जनवरी २१ र २२ मा हुने खुला तौल समूहको उक्त च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै छन् । उक्त खेलमा विश्वभरिका ६४ खेलाडीहरु सहभागी हुँदै छन् । उनी अहिले पोखराको रगंशाला स्थित नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराँतेका संथापक श्री शिव गुरुङसँग टेक्निकल प्रशिक्षणमा छन् ।
पोखरा विश्वविद्यालयमा एम.वि.ए. अध्ययनरत पोखरा लेकसाइडका विश्वास नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराँतेको ब्ल्याक बेल्ट सेकेण्ड डान हुन् । उक्त च्याम्पियनमा सफल हुन सक्ने खेलाडीहरुको रुपमा देखिएको उनका प्रशिक्षक शिव गुरुङले बताएका छन् ।
विश्वास जस्ता खेलाडीहरु भित्र रहेको क्षमतालाई निखार्न सकियो भने नेपालले खेल क्षेत्रमा फड्को मार्ने उनी बताउँछन् ।
राज्यका सम्पतीका रुपमा लिनु पर्ने खेलाडीहरुलाई सरकारले बेवास्ता गरेता पनि नेपाललाई मेडल दिलाएरै छाड्ने संकल्पका साथ कडा मेहनत र प्रशिक्षण गरिरहेको उनले बताएका छन् ।