नेपालको परराष्ट्र निती नेपालतिरै -मन्त्री डा. महत
Sunday, January 15th, 2017, 10:16 am
amit
हिमालपाटी अमेरीका -पराराष्ट्र मन्त्री डा. प्रकाशशरन महतले नेपालको परराष्ट्र निती नेपालतिरै झुकेको बताउनुभएको छ ।
नेपालका केही संचारमाध्यममा नेपालको परराष्ट्र निती भारततिर बढि झुकेको भन्ने समाचार प्रकाशमा आएपछि मन्त्री महतको यस्तो भनाई आएको हो ।
एनआरएन अमेरीका समन्वय परिषदको शनिवार टेक्सासको ड्यालसमा भएको ५ औं साधारण सभाको उद्घाटन समारोहमा प्रमुख अतिथीको आशनबाट बोल्दै मन्त्री डा. महतले राष्ट्रियताको सवाल सडकमा चर्का नारा लाउंदैमा नहुने स्पष्ट पार्नुभयो ।
सो अवसरमा बोल्दै मन्त्री महतले गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकका अरु सबै सेवा स ुबिधा दिन नयां संविधान सकारात्मक भएको बताउनुभयो । एनआरएनको दोहोरो नागरिकताको लागी एनआरएन अमेरीकाको बिशेष महत्व रहेको चर्चा गर्दै उहांले गैर आवासीय नेपालीहरुका लागी नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकोमा जोड दिनुभयो ।
झण्डै साढे दुइलाख नेपालीहरूको बसाेबास रहेकाे अमेरिकाकाे एनअारएनलाइ महत्व दिँदै मन्त्री महत अमेरिका आउनुभएको हो ।
एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेलको सभापतीत्वमा भएको साधारण सभाको उदघाटन समारोहमा नेपालका लागी अमेरीकी राजदुत डा. अर्जुन कार्की, एनआरएन अन्र्तराष्ट्रिय समितीका उपाध्यक्ष कुमार पन्त, एनआरएन अमेरीकाका पुर्व अध्यक्ष खगेन्द्र जिसी, क्षेत्रीय उपाध्यक्ष सोनाम लामा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्यान गुरुङ, जन सम्पर्क समिती अमेरीकाका अध्यक्ष आनन्द बिष्ट, नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने, एनआएन अमेरीका टेक्सास च्याटरका सभापती उत्तम लामिछाने, नेपाल अमेरीका पत्रकार संघका अध्यक्ष भोला आचार्य, डा. यादव पण्डित , इनिस शहरकी मेयर एन्जिलिन जुनिमेन, न्यूयोर्कस्थित नेपाली बाणिज्यदूत कृशु क्षेत्रीले, ब्लड डोनेशन एसोसिएसनका नन्द रेग्मी, एनआरएन कोरीयाका अध्यक्ष राजु क्षेत्री लगायतले बोलेका थिए ।
साधारण सभा आयोजना संयोजक तथा एनआरएन अमेरीकाका उपाध्यक्ष राम सि पोखरेलको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा बिभिन्न झांकी तथा सांगितिक प्रस्तुती देखाइएको छ ।