भौतिक शास्त्रतर्फको २०२० को नोबेल पुरस्कार रोजर पेन्रोस, रेइनहार्ड गेन्जेल र आन्द्रिया गेजलाई
Tuesday, October 6th, 2020, 5:53 pm
amit
एजेन्सी, २० असोज । नोबेल पुरस्कार सन् २०२० को भौतिक शास्त्रतर्फको विजेता घोषणा भएको छ । यो पुरस्कार रोजर पेन्रोसले आधा तथा रेइनहार्ड गेन्जेल र आद्रिया गेजले संयुक्त रुपमा आधा–आधा पाउने भएका छन् । उनीहरुलाई ब्ल्याक होलबारे गरिएको खोजीका लागि पुरस्कार प्रदान गरिएको हो।
आयोजक रोयल स्विडिस एकेडेमी अफ साइन्सेसका सेक्रेटरी गोरान ए हान्सनले स्कोटहोल्ममा यस वर्षको पुरस्कार विजेताको नाम सार्वजनिक गरेका हुन् । उनका अनुसार यस वर्षको पुरस्कार ‘ब्रम्हान्डको सर्वाधिक अध्येंरो गोप्यता’ बारे रहेको छ। पेन्रोसलाई यो अवार्ड ‘ब्ल्याक होलको निर्माण सापेक्षताको आम सिद्धान्तको बलियो पूर्वानुमान होे’ भन्ने खोजका लागि दिइएको हो। रोजर पेन्रोस बेलायती गणितिज्ञ तथा भौतिकशास्त्री हुन्।
त्यस्तै, गेन्जेल र गजलाई ‘हाम्रो ग्यालेक्सीको केन्द्रमा रहेको सुपर म्यासिभ कम्प्याक्ट अब्जेक्टको खोजी’ का लागि सम्मान गरिएको हो । गेन्जेल जर्मन भौतिकशास्त्री हुन् भने गेज अमेरिकी भौतिक शास्त्री हुन्।
त्यस्तै, अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयकी प्रोफेसर गेज नोबेलको इतिहासमा भौतिक शास्त्रतर्फ पुरस्कार जित्ने केवल चौथो महिला हुन्।