बाँकेमा कोरोना विरुद्धको खोपको वास्तविक स्थिति (भिडियो )
Sunday, June 20th, 2021, 8:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ असार
नागरिकहरु कोरोनाको दोस्रो डोजका लागि कति अन्यौल र व्यग्रतामा छन् भन्ने कुरा असार ४ गते शुक्रबार नेपालगन्ज उप-महानगरपालिका परिसरमा देखियो । नेपालगन्ज उप-महानगरपालिकाले दोस्रो मात्रा लगाउने समय पुगेर पनि विविध कारणले छुट भएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार र जनप्रतिनिधिलाई दोस्रो मात्रा दिन लागिएको उल्लेख थियो । सूचनामा कति जनालाई खोप लगाइने हो? कति मात्रा खोप उपलब्ध छ ? भन्ने विषयमा जानकारी थिएन ।
उक्त सूचना थाहा पाएपछि फागुनमा कोभिसिल्डको पहिलो डोज खोप लगाएका नेपालगन्जका ज्येष्ठ नागरिकहरु बिहान १० नबज्दै हातमा खोप कार्ड बोकेर उप-महानगरपालिकाको प्रांगणमा पुगे । उनीहरुले आशा गरेका थिए बढीमा तीन महिनाभित्र लगाइसक्नुपर्ने भनिएको खोपको दोस्रो मात्रा भाका नाघिसक्दा नसक्दै लगाउन पाइने भो । तर, उनीहरुको आशा निराशामा परीणत भयो । कोरोना जोखिम कायमै रहेका बेला दिनभर उनीहरु भिडमा बस्न बाध्य भए । साँझ थकित शरीर लिएर फर्किन बाध्य भए ।
वास्तवमा त्यसदिन उप-महानगरपालिकामा मात्र ३ सय डोज खोप उपलब्ध थियो । नेपालगन्ज उप-महानगरपालिकामै कोभिसिल्डको दोस्रो चरणको खोप लगाउन बाँकी आठ हजार जनाभन्दा बढी रहेका छन् । ती मध्ये अधिकांश ज्येष्ठ नागरिकहरु छन् ।
हामीले बाँकेमा कोरोना विरुद्धको खोपको वास्तविक स्थितिबारे स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहसँग कुराकानी गरेका छौँ । उनीसँगको कुराकानीका आधारमा निम्न तथ्य प्राप्त भयो ।

थप जानकारीका लागि भिडियो हेर्नुहोला :
बाँकेमा कोरोना विरुद्धको खोपको वास्तविक स्थिति