जसपाले लुम्बिनीका चार मन्त्रीलाई फेरि सोध्यो स्पष्टिकरण
Sunday, June 20th, 2021, 8:02 pm
Kalpristha
कालपृष्ठ डेस्क
बुटवल, ६ असार
जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका ४ जना सांसदलाई फेरि स्पष्टिकरण सोधेको छ ।
पार्टीको ह्वीप उल्लंघन गर्दै प्रदेश सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेको भन्दै सांसदहरु विजयबहादुर यादव, सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई स्पष्टीकरण सोधेको हो ।
केन्द्रीय कार्यालय सचिव प्रकाश अधिकारीले चारैजना मन्त्रीलाई छुट्टाछुट्टै पत्र पठाएर पाँच दिनभित्र वस्तुनिष्ट सन्तोषजनक स्पष्टीकरण लिखित रुपमा बुझाउन निर्देशन दिएको छ । तोकिएको अवधिभित्र सन्तोषजनक स्पष्टीकरण नबुझाएमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ (४र ५ ) तथा पार्टीको अन्तरिम विधान २०७७ धारा ४९ र ५० (१) वमोजिम आवश्यक कारवाही हुने पत्रमा उल्लेख छ ।
गत वैशाख १९ मा पार्टीको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि कारबाही गरिएका उनीहरुलाई कारवाही गरी पदमुक्त गरिए पनि सर्वोच्च अदालतले पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।