आगामी तीन दिनको मौसमः लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा
Friday, July 2nd, 2021, 9:23 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ असार
जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम बदली भएर लुम्बिनी, प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा भिषण तथा सुदूरपश्चिम र कणर्ाली प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकोे जनाएको छ ।
प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुको पहाडी भूभागमा भुक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमानः
२०७८ असार १९ गते (शुक्रबार)
देशभर सामान्य देखि पूणर् बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
२०७८ असार १९ गते (शनिबार)
दिउँसोः देशभर सामान्य देखि पूणर् बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
२०७८ असार २० गते (आइतबार)
दिउँसोः देशभर सामान्य देखि पूणर् बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।