बी–ग्रुपद्धारा स्वास्थ्य तथा सरसफाई सामाग्री सहयोग
Friday, July 2nd, 2021, 11:45 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ असार
कोरोना संक्रमणको संभावित तेस्रो लहरको तयारीको लागि भेरी वातावरणीय विशिष्ठता समुह (बी–ग्रुप)ले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई स्वास्थ्य तथा सरसफाई सामग्री उपलब्ध गराएको छ । युकेएडको आर्थिक सहयोग, सेभ द चिल्ड्रेनको कन्र्सोटियम र केयर नेपालको साझेदारीमा उक्त सामग्री उपलब्ध गराइएको हो ।
बी–ग्रुपका सचिव टेकबहादुर पुनले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई १३ लाख ३३ हजार २ सय ३९ बराबरको पिपिई सेट, डेडबडी ब्याग, फेशशिल्ड, पल्स अक्सिमिटर, सेनिटाईजर,सर्जिकल ग्लोब, सर्जिकल मास्क, ग्लोब्स, भिटिएम लगायतका सामग्री हस्तान्त्रण गरिएको जानकारी दिए ।
सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले सबै संस्थाको सहयोगले मात्र विपदको सामना गर्न सकिने भएकोले सहयोग निरन्तरता संगै सहकार्य जारी राख्न आग्रह गरे । उनले संभावित तेस्रो लहरको तयारी बाँके जिल्लामा सुरु भइसकेको बताए ।
बी ग्रुपले बाँकेका खजुरा गाउँपालिका, नेपालगन्ज उप–महानगरपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकालाई पनि पिपिई सेट, फेशशिल्ड, पल्स अक्सिमिटर, सेनिटाईजर, सर्जिकल ग्लोभ्स, सर्जिकल मास्क, गल्भ्स, भिटिएम लगायतका सामग्री हस्तान्त्रण गरेको छ ।