प्रहरीले संक्रियता बढायो, ९ किलो चरेस पक्राउ
Thursday, July 22nd, 2021, 6:39 pm
Kalpristha
लिलाधर वली
दाङ, ७ साउन
दाङमा लागूऔषध नियन्त्रणका लागि प्रहरीले संक्रियता बढाएसँगै लागूऔषध कारोबारमा संलग्नहरु पक्राउपर्ने क्रम बढ्दै गएको छ । लागूऔषध कारोबार तथा प्रयोग बढेको सूचनापछि दाङ प्रहरीले विशेष अभियान चलाएर लागूऔषध नियन्त्रणमा लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीले संक्रियता बढाएसँगै जिल्लामा लागूऔषध कारोबारमा संलग्नहरु पक्राउ पर्ने क्रम बढेको छ । यसैक्रममा प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा बुधबार जिल्लाका विभिन्न स्थानबाट पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । उनका अनुसार प्रहरीले धानखोलाबाट करिब १० किलो लागूऔषध चरेससहित दुईजना र तुलसीपुर–१३ का विभिन्न स्थानबाट तीनजनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । देउखुरीको गढवा गाउँपालिका–१ धानखोलास्थित हुम्ला रलिङ्ग होटेलबाट नौ किलो नौ सय ३० ग्राम चरेसकोसहित उनीहरुलाई पक्राउ प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा बाग्लुङ निसीखोला गाउँपालिका–१ निवासी २१ वर्षीय सुदीप सिंजालीमगर र बाग्लुङ जिल्ला बरिगाड गाउँपालिका–२ घरभई हाल लमही बजारमा बस्दै आएका ३० वर्र्षीय रेमबहादुर भुजेल रहेका छन् । प्रहरीले धानखोलामा रहेको हुम्ला रलिङ्ग होटेलमा लागूऔषध चरेस कारोबार भई रहेको सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले कारोबार गरिरहेको अवस्थामा सिंजारीमगरलाई र उनकै बयान अनुसार रेमबहादु भुजेललाई लमहीबाट पक्राउ गरिएको प्रहरीले उनले बताए ।
ब्राउनसुगरसहित तीनजना पक्राउ
यसअघि प्रहरीले बुधबार साँझ ९ ग्राम लागूऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एकजना महिला र दुईजना पुरुषहरु रहेका छन् ।
तुलसीपुर उप–महानगरपालिका–१३ डम्बरगाँउमा खटिएको इलाका प्रहरी कायालय तुलसीपुरको टोलीले नियमित चेकिङका क्रममा तुलसीपुर–१ पैयाखोरे निवासी १८ वर्षीय प्रेमप्रकाश विक र तुलसीपुर ५ निवासी १४ वर्षीय किरण विकलाई ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।
विकले चलाएको रा ५ प ८५१५ नम्बरको मोटरसाइकलबाट नेपालगन्जदेखि तुलसीपुरतर्फ आउँदै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । चेकजाचका क्रममा बिकले लगाएको मास्कभित्र लुकाइपिपाई राखेको अवस्थामा तीन पुडिया दुई ग्राम लागूऔषध ब्राउन सुगरसहित उनीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता रिजालले बताए ।
त्यसैगरी प्रहरीले बुधबार नै तुलसीपुर उप–महानगरपालिका–१३, दमारगाँउबाटै सात ग्राम लागूऔषध ब्राउनसुगरसहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले नियमित चेकजाँचका क्रममा नेपालगन्जबाट तुलसीपरतर्फ आउँदै गरेको ना ४ ख ७२९४ नम्बरको बसमा तुलसीपुरतर्फ आउँदै गरेकी तुलसीपर उप–महानगरपालिका–६ भिआइपी टोल निवासी ४५ वर्षीय चामुकुमारी विकलाई पक्राउ गरेको जनाएको छ । उनलाई थुनामा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।