कृषि क्षेत्रमा १० करोड बढी खर्च
Thursday, July 22nd, 2021, 7:24 pm
Kalpristha
अभियान मुखी (मिसन) कृषि तथा पशुपन्छी विकास कार्यक्रमतर्फ एक करोड ७४ लाख ५० हजार बजेट रहेकोमा एक करोड ५१ लाख ६४ हजार पाँच सय ३५ रुपैयाँ खर्च भएको छ । कृषि तथा पशुपन्छी उद्योग, यन्त्र तथा पूर्वाधार विकास कार्यक्रमतर्फ ३० लाख बजेट रहेकोमा १७ लाख चार हजार रुपैयाँ खर्च भएको छ ।
लिलाधर वली
दाङ, ७ साउन
कृषि क्षेत्रमा १० करोड नौ लाख ८९ हजार रुपैयाँ लगानी गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा कृषि ज्ञान केन्द्र दाङमार्फत उक्त रकम खर्च गरिएको हो ।
कृषि क्षेत्रमा विनियोजन गरिएको १२ करोड ५२ लाख ५७ हजार रुपैयाँमध्ये १० करोड नौ लाख ८९ हजार रुपैयाँ खर्च भएको कृषि ज्ञान केन्द्र दाङका बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी रुद्रमणि पौडेलले जानकारी दिएका छन् । यो खर्च ८०.६३ प्रतिशत रहेको छ । उनका अनुसार विनियोजन गरिएको बजेटमध्ये दुई करोड ४२ लाख ६८ हजार रुपैयाँ खर्च हुन नसकेको हो ।
कोभिडको संक्रमण फैलिएरसँगै सरकारले गरेको लकडाउनका कारण सतप्रतिशत बजेट कार्यान्वयनमा समस्या भएको उनले बताए । ‘कृषिका लागि जिल्लामा १२ करोड बजेट विनियोजन भएको भएपनि दुई करोड बढी रकम फिर्ता भएको छ’, सूचना अधिकारी पौडेलले भने, ‘जसको कारण भनेको बजेट खर्च हुने समयमा कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन नै हो ।’ उनले दुई महिना भएको लकडाउनका कारण कृषि क्षेत्रमा धेरै काम गर्न नसकिएको समेत बताए ।
कृषि क्षेत्रको लागि आएको बजेट कार्यान्वयन गराउन आफूहरु लकडाउनको समयमा काम गरेपनि किसानहरु कार्यालयसम्म आउन नसक्ने वातावरण नबन्दा समस्या भएको उनले बताएका छन् ।
‘किसानका लागि आएको बजेट किसानले उपयोग गर्न नपाउदा समस्या देखिएको हो । लकडाउन नभएको भए बजेट खर्च बढ्ने थियो,’ उनले भने । पौडेलका अनुसार यसवर्ष जिल्लामा आएको कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रममा एक करोड तीन लाख ३१ हजार रुपैयाँ बजेट रहेकोमा ७१ लाख २५ हजार एक सय ९६ रुपैयाँ खर्च भएको छ ।
त्यसैगरी साधारण कार्यक्रम एक करोड ३२ लाख ९६ हजार बजेट रहेकोमा एक करोड १६ लाख ३२ हजार रुपैयाँ खर्च भएको छ । कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रमतर्फ दुई करोड ३० लाख २० हजार रुपैयाँ बजेट रहेकोमा एक करोड ९२ लाख ३९ हजार तीन सय ४७ रुपैयाँ खर्च भएको सूचना अधिकारी पौडेलले बताए । स्मार्ट कृषि गाउँ कार्यक्रम दुई करोड २६ लाख १० हजार बजेट भएकोमा एक करोड ७५ लाख ९८ हजार चार सय १६ रुपैयाँ खर्च भएको छ ।
अभियान मुखी (मिसन) कृषि तथा पशुपन्छी विकास कार्यक्रमतर्फ एक करोड ७४ लाख ५० हजार बजेट रहेकोमा एक करोड ५१ लाख ६४ हजार पाँच सय ३५ रुपैयाँ खर्च भएको छ । कृषि तथा पशुपन्छी उद्योग, यन्त्र तथा पूर्वाधार विकास कार्यक्रमतर्फ ३० लाख बजेट रहेकोमा १७ लाख चार हजार रुपैयाँ खर्च भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (संघ सशर्त अनुदान) कार्यक्रमको तीन करोड ५५ लाख ५० हजार बजेट रहेकोमा दुई करोड ८५ लाख २४ हजार रुपैयाँ खर्च भएको कृषि ज्ञान केन्द्र दाङका बाली संरक्षण अधिकृत तथा सूचना पौडेलले बताएका छन् ।