यौन तथा प्रजनन सेवालाई समुदायस्तरमा लैजाने प्रतिवद्धता
Wednesday, July 28th, 2021, 2:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, साउन १३
बृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य र अधिकार को सेवा तथा ज्ञानहरुलाई बिद्यालय र समुदाय स्तरसम्म लैजाने प्रतिबद्धता सहित पालीका स्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ ।
संवाद कार्यक्रममा बोल्दै गुलरिया नगरपालीका उप प्रमुख शुशिला गिरीले नगरपालीकाले सबै वडाहरुमा बाल क्लब र किशोरी क्लबहरुलाई पुर्नगठन गरी सक्रिय बनाईने गरी योजना तथा बजेट व्यवस्था गरिने र गुलरिया वडा नं ६ ले बिद्यालयमा किशोरी किशोर मैत्री स्वास्थ्य सेवाको लागी १ कोठाको को व्यवस्था गरिएको र यो अभ्यासलाई अन्य वडाहरुमा लागु गर्नका लागी पहल गरिने बताए ।
बिद्यालयहरुमा यौनिकता र यौन तथा प्रजनन स्वास्थ्यको बिषयमा पठन पाठन त्यती प्रभावकारी हुन नसकेको र शिक्षकहरुले उक्त बिषयलाई त्यती महत्व नदिएको शिक्षा शाखा अधिकृत प्रतिक यादवले बताए ।
बिद्यालयमा बृहद यौनिकता शिक्षा पठन पाठन लाई प्रभावकारी बनाउन आवश्यक पहल गर्नेमा उनले जोड दिए ।
संवाद कार्यक्रममा वडाअध्यक्षहरुले किशोरी हरुको अधिकार र प्रजनन स्वास्थ्य र अधिकार हरुको बारेमा जनचेतना फैलाउने कार्यक्रमका लागी बजेट विनियोजन गरिएको बताए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिहरु महिला शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, प्रधानाध्यापक, शिक्षक र किशोरीहरुको सहभागीता रहेको थियो ।
संवाद कार्यक्रममा बिग्रुप बाँकेका कार्यकारी निर्देशक डम्मर सुनारले स्वागत मन्तव्य र दिनेश कुमार चौधरीले परियोजनाको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजिकरण प्रकाश उपाध्यायले गरे ।
प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा भेरी वातावरणिय विशिष्टता समुह (बि ग्रुप) बाँकेले बर्दिया जिल्लाको गुलरिया नगरपालीका, बढैयाताल गाउँपालीका, राजापुर नगरपालीका र बाँसगढी नगरपालीकामा बाल विवाह, छिटो विवाह र जबरजस्ति बिवाह रोकथाम परियोजना सञ्चालन गरिरहेको छ ।