घरेलु कटन प्याड बनाउने सिप सिक्दै किशोरी
Thursday, July 29th, 2021, 5:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ साउन
बर्दिया जिल्लाको राजापुर, बाँसगढी, गुलरिया र बढैयाताल गाउँपालिकामा किशोरीले महिनावारीको समयमा प्रयोग गरिने घरेलु कटन प्याड बनाउने सिप सिकेका छन् । घरेलु प्याड बनाउने तालिममा ८० जना किशोरीहरु सहभागि थिए ।
किशोरीहरुको महिनावारी स्वच्छतालाई टेवा पु¥याउनका बर्दियाका चार पालिकाहरुमा दुइ दिने घरेलु कपडा कटन प्याड बनाउने सिप प्रदान गरिएको हो ।
बजारमा पाईने स्यानीटरी प्याड भन्दा घरमै निर्माण गरिएको स्यानीटरी प्याड बढी प्रभावकारी हुने र खर्च कम लाग्ने गरेको छ । किशोरीहरुको महिनावारी स्वच्छता व्यवस्थापनका लागी सिप उपलब्ध गराईएको फिल्ड अधिकृत चन्द्रमाया खनालले बताइन ।
घरमै निर्माण गरिएको प्याडलाई सहि तरीकाले प्रयोग गरेमा १० वटा प्याडले ५ बर्ष सम्म काम गर्ने प्रशिक्षक अनिता विष्टले बताइन ।
गुलरिया–११ कि रिमा थारुले आफुले पहिलो पटक घरमै कपडाको प्याड बनाउन सकिने बारे सिप सिकेको र अब बजारमा पाईने प्याड भन्दा घरमै निर्माण गरेर प्रयोग गर्ने बताईन् ।
प्लान ईन्टरनेशनल नेपाल सँगको साझेदारीमा भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप) बाँकेको साझेदारीमा बर्दिया जिल्लाको राजापुर, बढैयाताल, बाँसगढी र गुलरियामा वालविवाह, छिटो विवाह र जबरजस्ती विवाह रोकथाम परियोजना सञ्चालन भैरहेको छ ।