नारी कल्याण समाजद्धारा वकतृत्वकला प्रतियोगिता सम्पन्न
Saturday, April 29th, 2023, 5:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ बैशाख
नारी कल्याण समाज , बाँकेको आयोजना र स्थानिय निकाय नेपालगन्ज वडा न ६ को आर्थिक सहयोगमा संचालित बिद्यार्थीहरुको नेतृत्व बिकाशका लागि ‘नेपालमा शिक्षाको बर्तमान अवस्था, समस्या र समाधान’ बिषयक बकतृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगिता अध्यक्ष नारायणी रुपाखेतिको सभापतित्व र नेपालगन्ज वडा नं ६ का वडा अध्यक्ष समीर प्रताप सिंहको प्रमुख आतिथ्य, वडा सचिव मदन बहादुर रावतको बिशिस्ट आतिथ्यमा सिद्धार्थ विद्या सदन फुल्टेक्रा स्कुलमा सम्पन्न भएको हो ।

……………
सिद्धार्थ विद्या सदन बोडिङ स्कुल र फुल्टेक्रा मा.बि. का विद्यार्थीहरु बिच भएको प्रतियोगितामा सिद्धार्थ विद्या सदनका सहभागी सुशासन भारती (कक्षा १०) ले प्रथम स्थान हासिल गरीन् । सोही स्कुलकी छात्रा भुमिका बोहरा (कक्षा १०) ले दोश्रो स्थान र उमेएमन शेष (कक्षा १०) ले तेस्रो स्थान हासिल गरेका थिए । त्यसै गरि फुल्टेक्रा मा.बि. का छात्र सरोज बर्मा (कक्षा १०) चौथो र छात्रा जबेरिया अन्सारी (कक्षा ९) सान्तवना स्थान हासिल गरेका थिए ।
प्रतियोगितामा बिजयी विद्यार्थी भाईबहिनिहरुलाई प्रमुख अतिथी समीर प्रताप सिंहले खादा, स्टेशनरी सामान , प्रमाणपत्र र नगद रकमले पुरस्कृत गरेका थिए।
निर्वाचन मण्डलको भुमिका गैह्र सरकारी संस्था महासंघका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सेना, महेन्द्र मा.बि. का शिक्षिका तथा नारी कल्याण समाज बाँकेकी उपाध्यक्ष यशोदा उपाध्याय र आधारभुत बिधालय घरबारी टोलका शिक्षक तथा नेपाल शिक्षाक सँघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बिरेन्द्र यादवज्युले निर्वाह गरेका थिए ।
संस्थाकी कोषाध्यक्ष बिमला गुरुङले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा वडा न.६ का वडा सदस्यहरु, फुल्टेक्रा मा.बि.का नि. प्राध्यापक शान्ती कँडेल , सिद्धार्थ विद्या सदन स्कुल ब्यबस्थापन समितिका अध्यक्ष राम लखन शर्मा , शिक्षक आशिष् थापा तथा स्कुलका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाकी महा–सचीव शोभा गुरुङद्धारा सहजीकरण गरिएको थियो ।