जेन्जी आन्दोलनको सकारात्मक मर्मलाई कांग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन
Sunday, February 15th, 2026, 7:09 pm
Kalpristha
बाँके, फागुन ३ गते
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले जेन्जी आन्दोलनको मर्मलाई ओझेलमा पारेर आफना निहित स्वार्थ पुरा गर्ने शंक्ति नेपाली राजनितिमा हाबी हुने प्रयास गरिरहेको बताउनु भएको छ । जेन्जी आन्दोलनमा घुषपैठ गरेर युवाहरुको मागलाई अलमल्याउने काम भैरहेको बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएका पुनले बताउनु भयो । युवालाई सम्बोधन गर्ने क्रममा पुनले देशको वास्तविक समस्या समाधान गर्ने सामथ्र्य नेपाली कांग्रेसमा भएकोले युवालाई आसन्न प्रतिनिधि सभा निर्वाचनमा विवेकपुर्ण निर्णय गर्न पुनले आग्रह गर्नु भएको छ ।
उहाँले भन्नु भयो,‘जेन्जीका सकारात्मक मागलाई पन्छाउन खोज्ने, घुसपैठ गर्ने शंक्ति, देश जलाउने वातावरण बनाउने शंक्ति पनि हामीसँग निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । हामी हाम्रा सबै आन्तरिक समस्यालाई व्यवस्थापन गरेर देशको नेतृत्व गर्ने शंक्ति बन्नु पर्नेछ ।’ नेपाली जनताको अधिकारलाई स्थापित गर्न कांग्रेसका थुप्रै नेताले बलिदानी दिएको प्रसँग बारे बताउँदै नेता पुनले जेन्जी आन्दोलनको सकारात्मक पक्षलाई आत्मसाथ गरेर कांग्रेस देश निर्माण लाग्ने बताउनु भयो ।
जेन्जी युवाले खोजेको रोजगारी र समृद्धिको सपना पुरा गर्ने संकल्प सहित नेपाली कांग्रेस अगाडी बढिरहेकोले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई मतदान गर्न आम मतदातालाई पुनले अपिल गर्नु भयो । बाँके क्षेत्र नम्बर ३ को समग्र विकासको लागि आफुले इमानदारिताका साथ काम गर्ने पुनले प्रतिवद्धता समेत जनाउनु भएको छ । उहाँले भन्नु भयो, ‘हाम्रा हरेक क्षेत्रका आ–आफना समस्या र विशेषता छन् । बाँके क्षेत्र नम्बर ३ आफैमा समृद्धिको सपना देखेर अगाडी बढिरहेको क्षेत्र हो । यस क्षेत्रका धेरै समस्या राज्यले नीतिगत रुपमा सुधार गर्नु पर्नेछ । त्यसको लागि म र मेरो पार्टीले नेतृत्व गर्ने विश्वास दिलाउन चाहन्छु ।’
बाँके क्षेत्र नम्बर ३ को नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताको समस्यालाई राष्ट्रिय एजेन्डाको रुपमा सम्बोधन गर्ने वातावरण निर्माणको लागि आफुले पहल गर्ने पुनले बताउनु भयो ।
नेपाल भारत सीमावर्ती क्षेत्रका जनताको जमिन बैंकले धितो नराख्ने समस्या छ । जसको लागि आफुले राज्यलाई नीतीगत रुपमा सम्बोधनको लागि दबाब दिने उहाँले बताउनु भयो ।