कौशल्या मेमोरियल हस्पिटलमा निःशुल्क एक महिने स्त्रीरोग ओपीडी सेवा सुरु
Thursday, July 30th, 2026, 8:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ साउन
पश्चिम नेपालमा उच्च स्तरको गुणस्तरीय सेवा प्रदान गर्दै आएको कौशल्या मेमोरियल हस्पिटल कोहलपुर हवलदारपुरमा एक महिना सम्म निःशुल्क प्रसूति तथा स्त्रीरोग ओपीडी सेवा सञ्चालन हुने भएको छ । साउन १५ गतेदेखि भदौ १५ गतेसम्म सञ्चालन हुने विशेष सेवा अन्तर्गत महिलाले प्रसूति तथा स्त्रीरोगसम्बन्धी विशेषज्ञ परामर्श निःशुल्क प्राप्त गर्न सक्ने अस्पतालले जनाएको छ ।
कौशल्या मेमोरियल हस्पिटलको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कविता सापकोटाले महिलाहरुमा देखिने विभिन्न समस्याहरुको बारेमा निःशुल्क परामर्श प्रदान गरिने बताउनु भयो । महिलामा देखिने विभिन्न स्त्रीरोगसम्बन्धी समस्या, महिनावारीसम्बन्धी समस्या, योनि चिलाउने, सेतो पानी आउने लगायत विभिन्न महिला स्वास्थ्य सेवामा विशेषज्ञ परामर्श उपलब्ध गराउने डा. सापकोटाले बताउनु भएको छ ।

……….

……….
विशेषज्ञ सेवा सहज रूपमा महिलाहरुलाई उपलब्ध गराउने उद्देश्यले निःशुल्क ओपीडी सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ । समयमै स्वास्थ्य परीक्षण र विशेषज्ञको परामर्श लिएमा धेरै प्रकारका महिला स्वास्थ्य समस्याको प्रारम्भिक अवस्थामै पहिचान तथा उपचार गर्न सकिने भएकाले सेवाको अधिकतम लाभ लिन सक्ने अस्पतालले जनाएको छ । यसैगरी अस्पतालले विभिन्न किसिमका विशेषज्ञ सेवाहरु पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।