दोस्रो राप्ती सोनारी कृषि, पर्यटन, व्यापारिक तथा सांस्कृतिक महोत्सव आयोजना हुने
Saturday, April 4th, 2026, 9:55 pm
Kalpristha
कृष्ण केसी
राप्तीसोनारी, चैत २१ गते
राप्ती सोनारी गाउँपालिका–५ चिलहरियास्थित राप्ती सोनारी रङ्गशाला खेलमैदानमा दोस्रो ऐतिहासिक राप्ती सोनारी कृषि, पर्यटन, व्यापारिक तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। आगामी २०८२ चैत २७ गतेदेखि २०८३ वैशाख ६ गतेसम्म सञ्चालन हुने महोत्सव यस वर्ष पनि भव्य रूपमा गर्ने तयारी गरिएको आयोजक न्यू सिर्जना युवा स्पोर्ट्स क्लबले जनाएको छ।

……..
विगतका वर्षहरूझैँ यस वर्ष पनि विविध कार्यक्रमसहित महोत्सवलाई सभ्य ,भव्य र आकर्षक बनाइने तयारी भइरहेको बताइएको छ। महोत्सव व्यवस्थापन समितिका अध्यक्ष जमान सिंह खत्रीका अनुसार कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। साथै, स्थानीय कला–संस्कृतिको संरक्षण तथा सम्बर्द्धन, धार्मिक पर्यटनको विकास र व्यापार–व्यवसायको प्रवर्द्धन मुख्य उद्देश्य आकर्षणको रूपमा राखिने छ। स्थानीय उत्पादन, हस्तकला, कृषि उपज तथा विभिन्न व्यापारिक स्टलहरू समेटिने महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ।