किसानका उत्पादनलाई बजारीकरणमा जोड्दै खजुरा गाउँपालिका
Saturday, April 29th, 2023, 4:59 pm
Kalpristha
किसानको उत्पादन बिक्री नहुनु दुःखद कुरा भएको बताउँदै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले गाउँपालिकामा उत्पादन भएका कृषि उपजलाई सहकारी मार्फत बिक्रिका लागि उत्पादनमा अनुदान र ढुवानी सहयोग गरि बजारीकरणमा सहयोग गर्ने बताएका छन् ।
चन्द्र बोहरा
खजुरा, १५ वैशाख
खजुरा गाउँपालिका– २ का किसान लाल बहादुर खत्रीले तमाटरले मूल्य नपाएपछि मलखादमा फालेको टमाटरको तस्बिर सामाजिक संजालमा शेयर गरे संगै यो विषय चर्चामा आएको छ । स्थानीय पत्रपत्रिका तथा अनलाइन न्युज पोर्टल देखी सामाजिक संजाल प्रयोगकर्तामा विभिन्न खाले टिकाटिप्पणी आइरहेका छन् ।
किसानको उत्पादन बिक्री नहुनु दुःखद कुरा भएको बताउँदै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले गाउँपालिकामा उत्पादन भएका कृषि उपजलाई सहकारी मार्फत बिक्रिका लागि उत्पादनमा अनुदान र ढुवानी सहयोग गरि बजारीकरणमा सहयोग गर्ने बताएका छन् । अध्यक्ष विकले किसानले उत्पादन गरेको बस्तु बजारीकरण तथा अनुदानको लागि पालिका गम्भीर रहेकोले उत्पादनलाई प्रोत्साहन तथा बजारीकरण गर्न र कृषिमा विभिन्न किसिमको अनुदान कार्यक्रम संचालन भइरहेको बताएका छन् ।
अध्यक्ष विकले टमाटर उत्पादक किसानहरुले आफ्नो उत्पादन बेच्नका लागि बागेश्वरी बहुउद्देश्यीय कृषि बजार सहकारी संस्था लिमिटेड हाटबजार खजुरा अध्यक्ष कमला न्यौपानेलाई सम्पर्क गर्नहुन अनुरोध गर्दै यही सहकारी मार्फत कृषि उत्पादन बिक्रि लागी उत्पादनमा अनुदान र ढुवानी सहयोग गरि बजारीकरण गर्ने समेत बताएका छन् ।
सामाजिक संजालमा निकै नै चर्चा पाएको टमाटर फालिएको तस्वीर पछि अध्यक्ष विकले संचारकर्मीहरुसँग कुरा गर्दै खजुरा गाउँपालिकामा उत्पादित कृषि उपजलाई नस्ट गर्नु भन्दा यस्को बैकल्पिक प्रयोग जस्तै सस बनाउने, ड्राइ गरि प्याकेजिङ्ग गर्न,अचार उत्पादन आदि के गर्न सकिन्छ पालिका सहयोग गर्न तयार रहेको समेत बताए ।
उता खजुरा गाउँपालिकामा उत्पादित कृषि उपजले मूल्य नपाएको भन्दै टमाटर खेर गएको तस्वीरको वास्तविकता रहेको छ भने यता गाउँपालिकाले कृषि उत्पादन बढाउन र बजारिकिकरण गर्न योजना सहित सहकारी नै तोक्दा समेत उत्पादित बस्तु खेर जानू भनेको उचुत समन्वयको अभाव रहेको देखिन्छ ।
खजुरा आफैमा कृषि उपजको लागी उर्भर भुमी हो भने कृषि उत्पदनको बिक्रि तथा बजारिकरणको लागि पालिकाले विभिन्न किसिमको सहुलियत प्रदान गरेको अवस्थामा सबै कृषकले पालिकासँग समन्वय गरि आफ्ना कृषि उपजलाई बजारिकरण गर्न अध्यक्ष विकले अनुरोध गरे ।
किसानको उत्पादनले बजार नपाउँनु दुर्भाग्य पुर्ण अवस्था भएको भन्दैं खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले यसका बारेमा पालिकाले गम्भिर भएर काम गर्ने बताईन । यसका लागि कृषि शाखा र किसानसँग छलफल गरेर नयाँ योजना बनाएर काम गर्ने उनले बताईन् ।