५ दिने पत्रकारिता तालिम सम्पन्न
Monday, May 1st, 2023, 8:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, १८ बैशाख
महिला शसक्तिकरणकालागि सुरु गरिएको ५ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा गत विहिबारबाट सुरु गरिएको पत्रकारिता तालिम सोमबार सम्पन्न भएको हो ।
नागरिक सरोकार मञ्च नेपाल कोहलपुरको आयोजना तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा संचालित सो तालिमको समापन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका आर्थिक विकास समिती संयोजक अनिता बुढा क्षेत्रीले ५ दिन को पत्रकारिता तालिम महिलाहरुको सचेतना तथा शसक्तिकरणकालागि निक्कै प्रभावकारी भएको बताईन् ।
साथै उनले यस्ता तालिमहरुले पत्रकार महिलाको उत्पादनमा अँझ सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
सोहि कार्यक्रममा बोल्दै पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शिव सुनारले पत्रकारिता पेशा आफैमा कठिन र जोखिमपूर्ण भएको बताउदै यस क्षेत्रमा महिलाहरुलाई झनै चुनौती रहेको बताए ।
यद्यपी यस्ता खालका कार्यक्रमहरुले महिलाहरुलाई यस क्षेत्रमा लाग्न अभिप्ररित गर्ने बताउदै उनले भने,–‘यस्ता तालिमहरुले सहजता दिनुका साथै ज्ञानको दायरा फराकिलो बनाउछ ।’
कार्यक्रममा कोहलपुर नगरपालिकाका समाजिक विकास संयोजक ईश्वर प्रसाद विक, सुशासन समिती संयोजक सुनिता राना बिस्ट, आर्थिक विकास शाखा प्रमुख विर बहादुर विक, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष सङ्गिन शर्मा, संचारिका समूह बाँकेका कार्यबाहक अध्यक्ष सरला सुवेदी, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष लक्ष्मी तिमिल्सेना लगायतको सहभागीता रहेको थियो ।
नागरिक सरोकार मञ्च नेपाल कोहलपुरका अध्यक्ष हेमन्त विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोहलपुर नगरपालिकाका १५ जना महिलाको सहभागीता रहेको थियो ।