हाप्किडो संघ बाँकेको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
Saturday, June 17th, 2023, 5:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ असार
नेपाल मार्सल आर्ट्स हाप्किडो संघ बाँकेले शनिबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न सो कार्यक्रममा केही समय अघि मात्र गठन भएको हाप्किडो संघ बाँकेका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।
यसैविच संघले विभिन्न क्षेत्रमा क्रियाशिल रही समाजलाई योगदान पु¥याइरहेका व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । संघले पत्रकारीता क्षेत्रमा रहि समाजलाई योगदान पु¥याएको भन्दै गोरखापत्र दैनिकका सम्बाददाता वरिष्ठ पत्रकार सिराज खान, भर्खरै पत्रकारिता बिधाबाट विद्याबारिधी गरेका रेडियो मर्निङ स्टारका स्टेशन म्यानेजर डा. डक्टप्रसाद धिताल र कालपृष्ठकर्मी पत्रकार लक्ष्मी तिमिल्सेनालाई सम्मान गरिएको थियो ।
त्यसैगरी, कृषि विकास बैंक न्युरोड शाखामा कार्यालय सहायक पदमा कार्यरत शारीरिक अपांगता भएकी व्यक्ति धारणा आचार्यलाई समेत सम्मान गरिएको थियो । दाहिने हात पुर्ण रुपमा नभएकी आचार्य बिगत १० बर्षदेखि उक्त बैंकमा कार्यरत रहेको संघले जनाएको छ ।
संघका अध्यक्ष मोहम्मद मोहसिन हल्वाईको अध्यक्षता तथा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रशान्त श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सम्पन्न भएको थियो । भने, उक्त कार्यक्रममा संघकी सचिब गङ्गा पुनले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, वडाका जनप्रतिनिधि, खेलाडी, प्रशिक्षक तथा समाजसेवी तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

…