उपाधीका लागि हिमालय सामुदायिक बि र जिल्ला प्रहरी कार्यालय टिम भिड्दै
Friday, January 31st, 2025, 10:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १८ माघ
बाँकेको खजुरामा जारी ‘तेस्रो डम्बर रानाभाट स्मृति कप–२०८१’ प्रतियोगितामा शुत्रबार भएको सेमिफाईनल खेलमा हिमालय सामुदायिक क्लब बि र जिल्ला प्रहरी कार्याल टिम बिजयी भएका छन् ।
पहिलो खेलमा जिल्ला प्रहरी कार्यालय टिमले हिमालय समुदायिक क्लब खजुरा ३ धौलागिरीलाई ० का बिरुद्ध २ गोल गर्दै बिजयी भएको हो । जिप्रकाको तर्फबाट खेलाडी सुदिप शाही र दिपक खत्रीले एक एक गोल गर्दै जित दिलाउनुभयो ।
यस्तै अर्को खेलमा हिमालय सामुदायिक क्लब बिले बुद्ध युवा क्लबलाई ३ का बिरुद्ध ५ गोल गर्दै बिजयी भएको हो । हिमालय क्लब बि का खेलाडी एलेक्स रानाले १, क्षितिज रानाले २ र विपिन थापाले २ गोल गर्दै टिमलाई जित दिलाउनुभयो ।
सेमिफाईनल यात्रामा जित हासिल गरेको हिमालय सामुदायिक क्लब बि र जिल्ला प्रहरी कार्यालय बाँके टिम फाईनलमा प्र्रवेश गरेको छ । आज हुने फाईनलमा उपाधीका लागि यी दुई टिम आमने सामने हुने छन् ।
आयोजक हिमालय सामुदायिक क्लबका सचिव जिवन कार्कीका अनुसार प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ६० हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ३५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफिको पाउने छ ।प्रतियोगिता संचालनका लागि खजुरा गाउँपालिकाले २ लाख र बाँकी विभिन्न दाताहरुबाट व्यवस्थापन गरिएको क्लबका अध्यक्ष किरण थापाले बताउनुभयो ।