‘तेस्रो डम्बर रानाभाट स्मृति कप–२०८१’: जिल्ला प्रहरी कार्याल टिमले उचाल्यो उपाधी
Saturday, February 1st, 2025, 8:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १९ माघ
बाँकेको खजुरामा भएको ‘तेस्रो डम्बर रानाभाट स्मृति कप–२०८१’ प्रतियोगिताको उपाधी जिल्ला प्रहरी कार्याल टिमले उचालेको छ । शनिबार खजुरा ३ स्थित धौलागिरी विद्यालयको खेल मैदानमा भएको अन्तिम प्रतिस्पर्धामा पेनाल्टी सुटमा जिल्ला प्रहरीको टिमले उपाधी उचाल्न सफल भएको हो ।
उपाधी बिजेताका लागि जिप्रका टिमले हिमालय सामुदायिक क्लब बिसंग अन्तिम भिडन्त तय गरेको थियो । हिमालयले सेमिफाईनलमा बुद्ध युवा क्लबलाई ३ का बिरुद्ध ५ गोल गर्दै फाईनल प्रवेश गरेको थियो । यस्तै जिप्रका टिमले हिमालय समुदायिक क्लब खजुरा ३ धौलागिरीलाई ० का बिरुद्ध २ गोल गर्दै उपाधीको यात्रा तय गरेको थियो ।

…….
फाईनल खेलमा खेलको २५ मिनेटमा जिप्रकाका सुरज थारुले गोल गर्नुभयो भने खेलको ३६ मिनेटमा हिमालयका निराजन शाहीले गोल गर्नुभएको थियो । त्यसपछिको खेल अवधीमा गोल प्रयास गरिएपनि कसैले गोल गर्न सकेनन् ।
पेनाल्टी सुटमा भएको खेलमा भने जिप्रका ५ का बिरुद्ध ६ गोलले बिजयी बन्न सफल भएको हो । प्रतियोगितामा सर्वाधिक गोलकर्ताका रुपमा हिमालय सामुदायिक क्लबका क्षितिज थापामगर घोषित हुनुभयो । उत्कृष्ठ गोलकर्ताका रुपमा जिप्रका टिमका बिष्ण ढकेर बन्न सफल हुनुभयो भने जिप्रका टिमकै सनम थारु सर्वोत्कृष्ठ खेलाडीका रुपमा घोषित हुनुभयो ।

………
उपाधी बिजेता बनेसँगै जिप्रका टिमले ६० हजार ५ सय ५५ रुपैयाँ र उपबिजेतामा चित्त बुझाएको आयोजक हिमालय सामुदायिक क्लब बिले ३५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफि प्राप्त गरेका छन् । प्रतियोगिताको बिजेतालाई डम्मर रानाभाटका बुवा बम बहादुर रानाभाट तथा आमा उजेली रानाभाटले पुरस्कार प्रदान गर्नु भएको थियो ।

………..
यस्तै उपबिजेता बनेको आयोजक हिमालय टिमलाई दोस्रो पुरस्कारको सौजन्यकर्ता चाचा इट्टा उद्योगका प्रोप्राइटर नसिम खाँले प्रदान गर्नु भएको थियो । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको खेलको सुरुवातमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक, बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले उपस्थिति जनाउनुभएको थियो ।

…………
प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको आयोजक हिमालय सामुदायिक क्लबका सचिव जिवन कार्कीले जानकारी दिनुभयो । खजुरा गाउँपालिकाको २ लाख र बाँकी विभिन्न दाताहरुबाट प्रतियोगिताको खर्च व्यवस्थापन गरिएको क्लबका अध्यक्ष किरण थापाले बताउनुभयो । प्रतियोगितामा म्याच रेफ्री कृष्ण चन्द ठकुरी, सहायक शिव अधिकारी, सिमोन गुरुङ्ग, चौथो रेफ्रीका रुपमा ममता रना, लक्ष्मण घर्तिले प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो ।