सिद्धार्थ, होलिल्याण्ड, आदर्श र नेपालगन्ज सेन्ट जेभियर्स प्रथम
Saturday, February 1st, 2025, 8:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ माघ
प्याब्सन नेपालगन्जले आयोजना गरेको चौथो प्याब्सन यु–१४ मेयर कप फुटबलमा सिद्धार्थ विद्या सदन प्रथम भएको छ । पशुपति सेकेन्डरी स्कुल द्वितिय, मोडेल एकेडेमी तृतिय र जयबागेश्वरी स्कुल चौथो भएका छन् ।

……..
फुटसलतर्फको तेस्रो संस्करणको प्लस टु पुरुष तर्फ होलिल्याण्ड स्कुल प्रथम, आदर्श द्वितिय र मोडर्न स्कुल तृतिय भएका छन् ।ं प्लस टु महिला तर्र्फ आदर्श स्कुल प्रथम, सगरमाथा द्वितिय र युनाइटेड स्कुल तृतिय भएका छन् । स्कुलस्तरको महिला फुटसलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल प्रथम, जयबागेश्वरी द्वितिय र मोडेल तृतिय भएका छन् ।
फुटसलमै शिक्षिकातर्फ पशुपति स्कुल प्रथम, नेपालगन्ज सेन्ट जेभियर्स द्वितिय र जयबागेश्वरी स्कुल तृतिय भएका छन् । फुटबल र फुटसलका विजेता टीम तथा खेलाडीलाई नेपालगन्ज उप–महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा, नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोविन्द रेग्मी, प्याब्सनका डा. केशर खनाल, प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्य, प्याब्सन नेपालगन्ज अध्यक्ष मानबहादुर थापालगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।