मेयर तथा उपमेयर कप टि–२० क्रिकेट: बागेश्वरी र भरैया बिजयी
Saturday, February 15th, 2025, 8:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ फागुन
नेपालगन्जमा जारी मेयर तथा उपमेयर कप टि–२० क्रिकेट प्रतियोगितामा शनिबारदेखि महिला क्रिकेट सुरु भएको छ ।
मंगल प्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा बागेश्वरी एकेडमी बिजयी भएको छ । उसले सरस्वती माध्यमिक विद्यालयलाई १ सय २० रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ्ग पाएको बागेश्वरीले १७ ओभरमा ६ विकेटमा १ सय ५१ रन बनाएको थियो ।
उसका लागि सर्वाधिक सेलिना खड्काले ३६ रनको योगदान गर्नुभयो । यसबाहेक आशिका बिकले १४ रनको योगदान दिनुभयो । जवाफी व्याटिङ्गमा मैदानमा उत्रिएको सरस्वतीले ११ ओभर १ बलमै समेटिएको थियो । उसले १० विकेट गुमाएर मात्र ३१ रन जोड सफल बन्यो ।
खेलमा बागेश्वरीका सेलिनाले ३ र कृतिमा चौधरीले २ विकेट लिनुभयो भने सरस्वतीका लागि अम्बिका बिकले ३ विकेट लिनुभएको थियो । खेलमा बागेश्वरीकी सेलिना म्यान अफ दि म्याच हुन सफल हुनुभयो । सेलिनालाई नेपालगन्जकी निवर्तमान नगर उपप्रमुख उमा थापा मगरले म्यान अफ दि म्याचको पुरस्कार प्रदान गर्नुभएको थियो ।
यस्तै शनिबार नै भएको अर्को खेलमा राम माध्यमिक विद्यालय भरैया बिजयी भएको छ । लिटल एन्जलसँग गरेको प्रतिस्पर्धामा १० विकेटले भरैया बिजयी भएको हो । पहिला व्याटिङ्ग गरेको एन्जल्सले ४३ रनको टार्गेट प्रस्तुत गरेको थियो ।
जवाफी व्याटिङ्गमा उत्रिएको भरैयाले २ विकेटको नोक्सानीमा निर्धारित टार्गेट पुरा गरेको थियो । भरैयाका सम्झना पुन र निषा दमाईले टिमलाई जित दिलाउनुभएको थियो ।
बाँके जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिता पुरुषतर्फको खेल नकआउटको आधारमा र महिलाहरुको खेल लिगकम नकआउटको आधारमा खेलाइएको प्रतियोगिता संयोजक सुनिल सिंह हमालले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुषतर्फको विजेताले ७५ हजार, उपविजेताले ३५ हजार रुपैयाँ पाउनेछ । महिलातर्फको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । पुरुष र महिला तर्फको म्यान अफ द सिरिजले जनही ५ हजार रुपैयाँ पाउनेछ ।