काँक्रेविहार मुख्यमन्त्री कोहलपुर गोल्ड कपको सेमिफाइनलमा प्रवेश
Tuesday, March 4th, 2025, 8:01 pm
Kalpristha
सुर्खेतको काँक्रेविहार फुटबल क्लब मुख्यमन्त्री कोहलपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मगंलबार कोहलपुरमा भएको खेलमा काँक्रेविहार फुटबल क्लबले अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै सेमीफाइनल प्रवेश गरेको हो ।
अब आगामी बिहिबार काँक्रेविहार फुटबल क्लबले सेमिफाइनलमा राइजिङ स्टार फुटबल क्लब नवलपरासीसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल खेलमा बुधबार आयोजक रेसिङ साहारा फुटबल क्लब र प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँले प्रतिस्पर्धा गर्नेछन् ।
निर्धारित समयको खेल २–२ को बराबरी भएपछि मंगलबार पेनाल्टी सुटआउटमा सुर्खेतको काँक्रेविहारले सफलता हासिल गरेको थियो । खेलको ५१औँ मिनेटमा काँक्रेबिहार फुटबल क्लव सुर्खेतका धनसिंह सुनारले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाउनु भयो । तर ५७औँ मिनेटमा अफ्रिकन घानाका युसुफ मलिक बम्देलले गोल गरेर खेल १–१ बराबरीमा पु¥याउनु भयो ।
७९आँै मिनेटमा घानाका अकेन्टो ओपेमी पवेले गोल गरी आफनो टोलीलाई २–१ को अग्रता दिलाउनु भयो । खेलको अन्तिम समयमा काँक्रेबिहार फुटबल क्लब सुर्खेतका गणेश पुलामीले ८४औँ मिनेटमा गोल गरेपछि खेल बराबरी गर्नु भएको थियो । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ देखि २४ गते सम्म प्रतियोगिता संचालन हुनेछ ।
प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् ।