आयोजक कोहलपुर रेसिङ साहारा फाइनलमा
Wednesday, March 5th, 2025, 8:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ फागुन
आयोजक कोहलपुर रेसिङ साहारा क्लब मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । बुधबार प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै कोहलपुर रेसिङ साहारा फाइनलमा प्रवेश गरेको हो ।

………..
४७औँ मिनेटमा कोहलपुर रेसिङ साहारा क्लबका श्याम बिडारीले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाउनु भएको थियो । तर ५६औँ मिनेटमा प्लानिङ व्वाईज युनाइटेडका ओम प्रकाश चौधरीले गोल गर्दै खेल बराबरी गर्नु भएको थियो ।
निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा आयोजकले सफलाता हासिल गरेको हो । प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ साहारा क्लबको यो दोस्रो जित हो । समूह चरणको पहिलो खेलमा कोहलपुर रेसिङ साहारा क्लबले लुम्बिनी फुटबल एकेडेमीलाई हराएको थियो ।

……….

………

…….

…….
बुधबारको खेलमा म्यान द म्याचको ट्रफी कोहलपुर रेसिङ साहारा क्लबका गोलकिपर अमानत शेष पाउनु भयो । गोलकिपर शेषलाई नगद ५ हजार सहित नेपालगन्ज उप–महानगरपालिकाका नगरप्रमुख प्रसान्त विष्ट र कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले ट्रफी हस्तान्त्रण गर्नु भयो । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ गतेदेखि प्रतियोगिता सुरु भएको हो । घाना र भारतीसहित आठ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता फागुन २४ गतेसम्म चल्नेछ ।