आप्रवासीका लागी यसकारण सहज टेक्सासको अष्टिन (भिडियो सहित)
Tuesday, January 24th, 2017, 4:26 am amit
टेक्सास (अष्टिन)- कागजपत्रबिहिन आप्रवासीका लागी टेक्सासको अष्टिन शहर सहज बन्ने भएको छ ।
यही आउंदो फेब्रुअरी १ तारिखदेखी लागु हुनेगरी नव निर्वाचित ट्राभिस काउण्टी प्रमुख सेरिफ स्याली हर्नान्डेजले ट्राभिस काउण्टीको आधिकारीक वेबसाइटमार्फत एक भिडियो सार्वजनिक गर्दै अमेरिकी केन्द्रीय अध्यागमन विभागले आफू खुसी सो काउन्टी भित्ररहेका कुनै पनि कैदीहरुलाई अदालतको आदेश बिना डिपोर्ट गर्न नपाइने, स्थानीय कैदीहरुलाई उनीहरूको लिगल स्ट्याटसका बारेमा सोध्न र सो विषयमा अनुसन्धान गर्न नपाइने र स्थानीय प्रहरी प्रशासनका कुनै पनि निकायलाई ट्राभिस काउन्टीका बासिन्दासंग उनीहरूको लिगल स्ट्याटस सोध्न नपाइने उल्लेख छ।
स्थानीय प्रशासनले गरेको यो निर्णयले काउन्टी र टेक्सस राज्य प्रशासन बिच द्धन्द्ध हुने निश्चित छ किनकी अध्यागमन सम्बन्धी नियम राज्य सरकार मातहत रहन्छ ।
तर स्थानीय आप्रबासी समुदायहरुले भने शेरिफ हर्नान्देज़को यो निर्णयको तारिफ गरेका छन्।
यता अध्यागमन सम्बन्धी अधिबक्ता गोपाल शाहले काउण्टीको यो निर्णय खासै ठुलो नमानिएपनि स्थानीयस्तरमा यसले कागजपत्र बिहिन आप्रवासीलाई सहयोग पुग्ने बताउनुभयो । थुप्रै नेपालीहरु समेत कागजपत्र बिहिन भएकोले ट्राभिस काउण्टीभित्र बस्नेहरुलाई यो निर्णयले सहयोग गर्छ अधिबक्ता शाहले भन्नुभयो ।
ट्रम्प अमेरीकाको राष्ट्रपतिमा निर्वाचित भइसकेपछि उनका अभिव्यक्तिले आप्रवासीमा त्रास सिर्जना गरेको छ ।
(ट्राभिस काउण्टी प्रमुख सेरिफ स्याली हर्नान्डेजको भिडियो)